दफा २५
कोषको लेखा र लेखापरीक्षण
: (१) कोषको आय–व्ययको लेखा नेपाल सरकारले अवलम्बन गरेको लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) कोषको आन्तरिक लेखापरीक्षण कोष तथा लेखा नियन्त्रकको कार्यालयवाट हुनेछ ।
(३) कोषको अन्तिम लेखापरीक्षण महालेखा परीक्षकवाट हुनेछ ।